सियोल, १७ बैशाख । उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्ध सुधारको क्रम जारी छ। अब उत्तर कोरियाले आफ्नो देशको समय पनि दक्षिण कोरियाको समयसँग मिलाउने भएको छ ।

त्यसका लागि उसले दक्षिण कोरियाको टाइम जोनको हिसाब अनुसार समय मिलाउन आफ्नो देशको घडीलाई ३० घण्टा अगाडि लाने भएको छ ।

२७ अप्रिलमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले पहिलो पटक एक दोस्रोबीच अंकमाल र हातमा हात मिलाएर वार्ता गरेका थिए ।

दुवै नेताले सिमानामा बनेको असैन्य क्षेत्रमा करिब २८ सेकेन्डसम्म हात मिलाइरहे । यसका साथै दुवै देशबीच चलिरहेको ६५ वर्ष पुरानो दुरी पनि समाप्त भएको छ। त्यसपछि डेढ घण्टासम्म चलेको वार्तामा दुवै देश शान्ति सम्झौतका लागि तयार भएका छन् ।

२०१५ फेरियो टाइम जोन

सन् २०१५ मा दुवै देशले अलग अलग टाइम जोन बनाएका थिए । उत्तर कोरियाले आफ्नो मानक समय दक्षिण कोरियाभन्दा ३० मिनेट ढिलो बनाएको थियो ।

उत्तर कोरियाले यसलाई राष्ट्रियताका लागि यसो गरिएको जिकिर गरेको थियो । नयाँ टाइम जोन उपनिवेश काल भन्दा पहिले पहले उत्तर कोरियामा थियो। सन् १९१०-४५ सम्म उत्तर कोरिया जापानको अधिनमा थियो ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले उत्तर कोरियाली शासक किम जोङ्ग उनले दक्षिण कोरियाली राष्ट्रपतिसँग ऐतिहासिक वार्ताकै बेला आफ्नो देशको टाइम जोन एकै बनाउने बताएका थिए ।

केसीएनएका अनुसार किम जब दक्षिण कोरिया आए तब सीमामा दुवै देशको भित्तामा राखिएको घडीमा अलग समय देखेर धेरै दुखी भएका थिए । त्यही बेला नै उनले दुवै देशको टाइम जोन एकै बनाउने निर्णय लिएका थिए ।

दुवै देशलाई एउटै बनाउने अभ्यास प्रयासस्‍वरुप यसलाई पहिलो व्यवहारिक अभ्यासका रुपमा लिइएको छ। उत्तर कोरियाको संसदले पनि दक्षिण कोरियाली टाइम जोनलाई लागू गर्ने कुरामा सोमवार सहमति जनाएको छ । अब ५ मे ५ बाट दुवै देशको घडीले एउटै समय देखाउनेछन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुनका प्रवक्ता यून यङ्ग चानले उत्तर कोरियाले निर्णयको पनि प्रंशसा गरेका छन् । उनले यस प्रतीकात्मक कदमले दुई देशबीचको सम्बन्ध अझै मजबुत हुने बताएका छन् । -अन्नपुर्णपोस्टबाट