एजेन्सी । स्पेननिस लिग ला लिगा फुटबलको २५ औँ पटक उपाधि जितेपछि बार्सिलोनाका खेलाडीलाई गृह नगरमा भब्य रुपमा सम्मान सम्मान गरिएको छ ।

हरेक खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै आएका मेस्सी पछिल्ला दिनमा लयमा रहेका बेला उनले निर्णायक खेलमा पनि गज्जबसँग ह्याट्रिक गरेसँगै बार्सिलोना विश्वमा नै फेरी एक पटक फुटबलका नामले चम्किएको छ । यसैबिच बार्सिलोनाका खेलाडीलाई विशेष बसमा राखेर नगर परिक्रममा गराइएको थियो । क्याटलान शहरमा गरिएको नगर परिक्रममा सडकको वारीपारी उभिएका हजारौँ दशर्ककले खेलाडीको स्वागत गरेका थिए । आइतबार डिपोर्टिभो लाकोरुनालाई हराउँदै बार्सिलोना ला लिगाको च्याम्पियन बनेको छ ।