काठमाडौं, १८ वैशाख । आईपीएलमा आठौं चरणको खेल सकिसकेको छ । आठौं खेलसम्म पनि नेपाली क्रिकेटर सन्दीप लामिछाने बेन्चमै छन् । उनलाई दिल्ली डेयरडेभिल्सले पहिलो रोजाइको ११ मा छनोट गरेको छैन ।

आठौं खेल सकिँदा दिल्लीले मात्र दुईवटा म्याच जितेको छ । ६ वटा म्याच हारेपछि दिल्ली तालिकाको पुछारमा छ । सोमबार राति चेन्नई सुपर किंग्ससँगको खेलमा पनि सन्दीपले मौका पाएनन् । सो म्याच चेन्नईले जितेको थियो ।

आफूले खेल्न नपाए पनि सन्दीपले चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीसँग तस्बिर खिचाएका छन् । तस्बिरमा धोनीले सन्दीपलाई धाप मारेका छन् । धोनी र सन्दीप दुवै आ–आफ्ना क्लबका ड्रेसमा देखिएका छन् ।