चितवन । बारा जिल्ला फेटा–८ की पुनम कुमारी गुप्ता राप्ती नगरपालिका ८ खुरखुरे चितवनका राज कुमार शाहसँग बिबाह भएको ६ महिना पछि बेपत्ता भएकी छन ।बेपत्ता श्रीमतीको खोजीमा खुरखुरेका उनका श्रीमान ३३ आफ्नो श्रीमतीको खोजीमा हिडेको बन्दै सोमबार भरतपुरमा भौतारी रहेका थिए । आफ्नो जीवनका ३३ वर्षमध्ये उनले ६ वर्ष त

कोरियामा काम गरेरै बिताए, तर कमाई भने अहिले हातमा छैन ।जो कोहीलाई लाग्न सक्छ, नेपालीले ठगे ? होइन । उसोभए दलाल वा लुटेराको फन्दामा परे ? त्यो पनि होइन । हुण्डीवालाले झुक्याए होलान् ? त्यस्तो पनि भएको होइन । तर उनि आफु लुटिएकोमा उजुर(वाजुर गर्दै छन् ।आफु ठगिएको हो वा कुनै अकल्पनीय दुर्घटनाको शिकार भएको हो भनेर अझैसम्म खुट्याउन सकेका छैनन् । त्यसैले सबैसँग सत्यतथ्यको खोजि गरिदिन हार गुहार गर्दैछन् । कुनै सुराक फेला परिहाल्छ कि भनेर यताउता भौतारिदै रहेछन् भरतपुरमा ।

बास्तबिक्ता यस्तो छ साउन २० गते शुक्रबार, उनि काममा व्यस्त थिए यताबाट श्रीमतीले फोन गरिना( ‘दाँत दुखेर मर्न लागें, अस्पताल जानु पर्यो ।’ छ महिना अघि गएको माघ २४ गते दुलही घर भित्राएर तीन महिना मात्र सँगै बिताएका उनले सहज जवाफ फर्काए( ‘हुन्छ, भाईलाई साथ लिएर जाउँ ।’तर उनि एक्लै चितवनको सेन्ट्रल अस्पताल पुगिन् जहाँ उनले पहिले देखि नै जचाउँदै आएकी थिइन् । राजकुमारका साथि नै त्यहाँ कार्यरत डाक्टर थिए तर त्यो दिन उनि रहेनछन् ।

आफ्नो नियमित डाक्टर नभेटेपछि उनले फेरी कोरियामा रहेका श्रीमान् लाई सो कुराको रिपोर्ट गरिन् । उनले उपाय सुझाए, ‘त्यसोभए चितवन मेडिकल कलेज जाऊ ।’ बस् यो नै उनीहरु बिचको अन्तिम सम्बाद थियो त्यसपछि उनको मोवाइल ‘स्विच अफ’ छ ।उनकी श्रीमती अर्थात् पुनम कुमारी गुप्ता (शाह) कहाँ छिन, कुन हालतमा छिन् कसैलाई थाहा छैन । शाहले ६ महिना पहिले बारा जिल्ला फेटा–८ का सुरेन्द्र प्रसाद गुप्ताकी छोरी

पुनम कुामारी गुप्ता सँग बिहे गरेका हुन । श्रीमती हराएको थाहा पाउने बित्तिकै राजकुमार कोरियामा नै बेहोस भए । नहुन् पनि किन, साउन २५ गते जन्मदिन परेकी पुनमका लागी उनले भनेजस्तै हीरा जडित सुनको औठी र उनैले अनलाइन भिडियो मार्फत रोजेको ब्याग र अन्य लुगा, कपडा अघिल्लो दिन मात्र जन्मदिनको उपहारको रुपमा किनेर दशैमा आउँदा ल्याउने गरि सुटकेशमा राखेका थिए ।

आफुले जति दुख गर्नुपरे पनि उनले पुनमलाई गहनाले छोपेका थिए । उनका कुनै रहर अपुरो राखेका थिएनन् । यसो भनौं राजकुमारी झैँ सजाएका थिए । सुखको महल खडा गरिदिएका थिए ।दशैमा घर आऊने टिकट काटीसकेका उनको सो टिकट रद्ध गरेर साथीहरुले भोलिपल्ट कै हवाई टिकट मिलाइदिएपछि उनि २२ गते काठमाडौँ झरे र २३ गते चितवन आएर यतिबेला श्रीमतीको खोजीमा व्यस्त छन् ।

तर, हालसम्म उनको अत्तोपत्तो छैन । न त कहाँ र कस्तो हालतमा होलिन् भन्ने कुनै अनुमान नै लगाउन सक्ने अवस्था छ । राजकुमारलाई सबैभन्दा हैरान पार्ने कुरा के हो भने श्रीमती मात्र हराइनन् साथमा उनले बिदेशी भूमिमा पसिना बगाएर कमाएको ३८ तोला सुन, ३ लाख नगद र मायाँ गरेर श्रीमतीलाई किनिदिएका महँगा बस्त्र, आभूषण समेत हराए ।

उनले स्थानीय खैरहनी प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय चितवन र नगरपालिका कार्यालयमा समेत हराएकी श्रीमतीको खोजि गरिदिन अनुरोध गर्दै निवेदन हालेका छन् । बारा जिल्ला फेटा–८का सुरेन्द्र प्रसाद गुप्ताकी छोरी पुनम कुमारी गूप्ताको अबस्था अजै अज्ञात रहेको छ ।