एजेन्सी । बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएर बेलायतको राजधानी लण्डनमा एक जना नेपाली महिलाको मृत्यु भएको छ। आईतबार लण्डनको वेष्ट हन्स्लोस्थित आफ्नै निवासनजिकै किनमेल गरेर फर्कने क्रममा बाटो काट्दै गर्दा गाडीले ठक्कर दिएर ४९ वर्षीया मिना तावाहाङ लिम्बूको ज्यान गएको हो।

मिनाका श्रीमानको एक महिनाअघि नेपालमा मृत्य भएको थियो । नेपालमा पाँचथरकी स्थायी निवासी तर अहिले लण्डन बस्दै आएकी लिम्बु श्रीमानको काजक्रिया सकेर एक सता पहिले मात्र लण्डन फर्किएकी थिइन् ।

बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएपछि उनको घटनास्थलमा नै मृत्यु भएको थियो। मृतक लिम्बुको शव यतिखेर लण्डनस्थित एक अस्पतालमा राखिएको छ । मृतक लिम्बुका एक जना २४ र अर्का २० वर्षका दुई छोरा रहेका छन् ।