–शौरभ राज पन्त

हामी अब एयरर्पोर्टको ट्रान्जिटमा आईपुग्यौं । फलाइट भित्रको आरोह अवरोह सबैलाई फलाइटमा नै निवारण गरेर हामी त्यहाँ रहेको “बेन्च” मा बस्यौं ।

इतिहास आफै लेखिदैन, लेखिनु पर्छ । राम्रो चिज निस्कने खासै समय लाग्दो रहेनछ । उदाहरणको लागिः अमेरिका २०० वर्षमै “इम्पेरियल रोम” को जस्तै हैसियतमा पुग्यो ।

तसर्थ हामीले पनि अनबोर्ड बेलाको रसाकसी अनबोर्डनै समाधान गरेर एयरर्पोर्टको ट्रान्जिटमा आएर अनवरत वार्तामा लीन छौ । हाम्रो वार्ता कुनै बेबकुफले भनेजस्तो अमेरिकी साम्राज्यवाद, पूँजीवाद, इत्यादीमा केन्दि«त थिएन । यो त एउटा छोटो समयमा गरिएको विगतको रसिलो लेखाजोखा थियो । सो लेखाजोखामा सन् ६४ मा रोम ६ दिनसम्म जलिरहँदा रोमन सम्राट निरोले बाँसुरी बजाएको थियो कि थिएन वा दुनिँयामा “इलुमनाटी” को प्रभाव छ कि छैन वा ब्रा र मदर टेरेसामा के समानता छ भन्ने अर्थहीन बहसमा हामी बगेका छैनौं । अर्थहीन बहसमा बगेर बगरको छेउमा पुगेर “क्याम्प फायर” गर्ने हाम्रो मनसाय पटक्कै होइन ।

हामीले त कोर्सिकामा बिताएको सुमधुर पलहरुको लेखाजोखा गरिरहेका थियौ । “क्याल्भी बिच” को मनोरम मनमोहकतामा नेपाली हिमालहरुबाट फुटेर बनेको नदी अनि सो नदीले बगेर बनाएको बगरको बग्र्र्रेल्ती सुन्दरताको समानताको खोजी कोर्सिकाको सामुन्दि«क बीचमा गरिरहेका थियौ । यो खोजीमा कहिले चीनको भुराजनीतिक स्वार्थ त कहिले भारतको “भारते भूखण्डे” नामक सोच त कहिले इयु–अमेरिकाको साँस्कृतिक, राजनीतिक र अन्तर्राष्ट्रिय सम्बन्धको स्वार्थ को सुबास आउँछ ।

हामी त गफमा लीन छौं । क्याल्भी सेन्ट क्याथरीन एयर्पोटबाट पेरिसको चाल्र्स डिगोल जान लागेको हामी नीसमा एयर कोर्सिकाको ट्रान्जिटमा छौं । हाम्रो अन्तिम यात्रा गन्तव्य चाल्र्स डिगोलबाट एयर फ्रान्सको विमानबाट न्यूर्योक हो । ट्रान्जिटमा थाकेको शरीरले झुप झुप निन्द«ाले बोलाउने तर एयरर्पोटको कोलाहोलले सो झुप झुपाईमा विराम लगाईरहेको छ । पश्चिमको महान प्रगति पुनर्जागरण काल, सन् १६८८ मा भएको बेलायतको महान् रक्तहीन क्रान्ति, ट्रेटि अफ वेष्टफेलिया, भियना कंग्रेस इत्यादीले युरोपलाई सभ्यताको केन्द«बिन्दुमा ल्यायो । भारतले र चीनले गरेका महान प्रगती पुनर्जागरण कालले १००० वर्ष भन्दा पछि धकेलि दियो । सन् १६८७ को न्युटोनको “थर्ड ल” ले पश्चिमलाई अन्तरक्षिमा लग्यो । कथाहरु धेरै सुन्न मन लाग्छ, जति कथा सुने पनि एउटा कुरा सधै आइरहन्छ त्यो हो संघर्षका कथा, जुन इन्द«वती झै अविरल बग्छ, कतिलाई भिजाउँछ त कतिलाई भिजेकोमा अवसोस हुन्छ । अवसोस हुने वर्ग नदीको एक किनारमा बसेर नदीको पारीको महान् संघर्षलाई हेर्छन्, डाहले भित्र भित्रै पोलिन्छन् ।

लेखक

अन्ततः नदीको यो पट्टी उतापट्टीको संघर्षकारीहरुका चपेटामा पर्छन् अनि अन्ततः उनीहरुमै समागम हुन्छन् । अल्छी तिग्रो स्वादे जिब्रो वा गैर संघर्षकारीहरुको छुट्टै अस्तित्व रहन सक्दैन । हामी कुराको समागमबाट नयाँ विचारधारा र ज्ञान बनाउने भन्दा पनि भौतिक जीवन निर्माणमा बेस्त छौं । यो बेस्तताले पुनर्जागरण कालभन्दा पहिलाको एसिया वा २०४६ मा कल्पना गरिएको “खुल्ला नेपाल” वा २०६५ पछि भनिएको “ नयाँ नेपाल” बन्दैन । खुल्ला वा नयाँ भनेको हामी (महिला–पुरुष) अन्तरवस्त्रमा कुन यौन आसनमा महिला सशक्तिकरण हुने वा कुन आसनमा पुरुष छ्यीकरण हुने भन्ने “सुकुल गुन्डा” शैलीको बहसमा समय व्यतित गरिरहने छौं ।

बर्बादीको टोकरीमा धेरै ओइलाइएको फुलहरु फालिन्छन् । एउटा ओइलाइसकेको फुल हामी पनि बन्दै छौ कि ? हन्टिङ्गटनले भनेजस्तो अबको शताब्दी सभ्यता र संस्कृतिको युद्ध हुने एवं सभ्यता र संस्कृति हत्तपत्त कसैले पनि त्याग्न सक्दैनन् भने झैं । कोर्सिकाको “उन्मुक्त बिच” मा यौवनको रोचक यात्रा गरेर हामी पुन ः कर्म एवं इलम गर्न न्यूर्योर्क हानिरहेका थियौं । तर “नेपाल फ्याक्टर” ले भने सधै सताई रहँदो रहेछ ।

हठात् न्यूर्योकको प्रि–बोर्डिङ्ग सुरु भएको सुचना आउँछ । हाम्रो दुई जिउ एक झै भएर बसेको आसनबाट जिउले मुक्ति पाउँछ र हामी गेट तिर दौडिन्छौं । त्यो “अमेरिकी सपना” को कारखानमा हामी पुन श्रमको आहुती दिन जाँदै छौं ।