काठमाडौँ, २३ बैशाख । गोपाल किराँती खरो बोल्ने र स्पष्ट विचार राख्ने नेताका रूपमा परिचित छन् । माओवादी केन्द्रले उनलाई पार्टीको हित विपरित गएको भन्दै कारवाही गरेको बताएको छ । तर, किराँती भने आफू नेकपा माओवादी पुनर्गठन अभियानमा जुटेको बताउँदै आएका छन्।

एक अनलाइनसँग कुरा गर्दे किराँतीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर फेरि क्रान्ति सुरु गर्ने चेतावनी दिएका छन् ।

किराँतीले भने, ‘प्रचण्डबाट छुटिएर क्रान्ति गर्छु भनेर हिँडेका रामबहादुर थापा बादल, मात्रिका यादवहरूले जनताका लागि नभइ मन्त्रीका लागि क्रान्ति गरेका रहेछन् । ७० को चुनावमा मतपेटीका जलाउने, बगाउने यसकै लागि रहेछ ।’ केपी शर्मा ओली सरकारले पनि विप्लवलाई पक्राउ पुर्जी काटेर झनै ‘क्रान्तिकारी हिरो’ बनाएको उनले बताए । यसबाहेक विप्लवमाथि वामसरकारले षड्यन्त्र गरिरहेको उनको भनाइ थियो । हेर्नुस् कुराकानी :