सुर्खेत, २३ बैशाख । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवाको खालबाट तीन जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ लाटीकोईलीमा विशेष सुराकीका आधारमा खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ५९ वर्षीय घरधनी कालीप्रसाद शाक्य, सोही स्थानका ४३ वर्षीय बलबहादुर राना र ५५ वर्षीय दानबहादुर गुरुङलाई रहेका छन्।

उनीहरुहरुको साथबाट नगद ३४ हजार ५ सय रुपैँया समेत प्रहरीले बदामद गरेको छ। उनीहरुलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । -पहिलोपोस्टबाट