जनै खटिरा (हर्पसजोस्टर) एक प्रकार को भाइरल इन्फेक्शन हो । एसलाई पीडादायक समस्या को रूपमा लिन सकिन्छ । किनभने छाला मा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने समस्या हुन्छ ।

चिकनपोक्स अर्थात् ठेउला को कारकका रूपमा परिचित भेरिसेला जोष्टर नामक भाइरस को संक्रमण ले यो रोग लाग्दछ । अंग्रेजी मा एसलाई शिंगल्स (shingles) तथा डाक्टरी भाषा मा यसलाई हर्पस जोस्टर भनेर चिनिन्छ भने नेपाली मा जनैखटिराका नाम ले प्रसिद्ध छ।

जनै खटिरा एक प्रकारको छालाको रोग हो । प्रायः एक पटक ठेउला भइसकेका व्यक्ति लाई हुने भएकाले यो प्रौढहरुमा बढ्ता देखिने गरेको छ । एसलाई सामान्य खालको छालाको रोग ठान्ने भ्रममा पर्नु हुँदैन । शरीरको रोग प्रतिरोधी क्षमता कम भएका बेलामा यसको आक्रमण हुन सक्छ । समय मै एसको उपयुक्त उपचार भएन यो जानलेवा पनि हुन सक्छ ।

लक्षण

१. छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँ मा मसिना बिमिरा निस्कने ।

२. ती बिमिरा निस्केका ठाउँमा चिलाउने, पोल्ने र दुख्ने ।

३. बिमिरा बिस्तारै ठूला हुँदै जाने र ससाना घाऊ जस्ता देखिने ।

४. ती घाऊहरुमा पोलेका घाऊमा झैं नै पानी भरिने र फुट्ने । सँगै असह्य पीडा हुने ।

५. सामान्य ज्वरो आउने । टाउको दुख्ने ।

निदान तथा उपचार

चिकित्सक ले बिमिराहरु हेरेर तथा सामान्य परीक्षण बाटै जनै खटिराको निदान गर्ने छन्। एसको घरेलु उपचार पनि प्रभावकारी देखिएको छ । सँगसँगै चिकित्सक ले गर्ने निम्नांकित उपचार पनि लाभदायक सिद्ध हुने छ

१. घाऊहरु निको पार्न का लागि एसाक्लोभिर जस्ता औषधि खाने तथा मलम लगाउने।

२. घाऊ बढ्ता नदुखुन् भन्नका लागि दुखाई कम गर्ने इबुप्रोफेन, प्यारासिटामोल जस्ता औषधि सेवन गर्ने ।

३. घाऊहरु लाई सफा राख्ने।

रोकथाम

एकपटक जनै खटिरो भइसके पछि पुनः यो समस्या बिरलै देखा पर्छ। ठेउला गराउने भाइरस बाट यो रोग हुने भए पनि ठेउला मा लगाइने खोप ले एसको रोकथाम गर्दैन । एसका लागि अलग्गै खोप को विकास गरिएको छ । पहिले प्रयोग गर्ने गरिएको खोप को प्रभावकारिता न्यून देखिएकाले हालसालै (Oct 20, 2017) नयाँ खोप को विकास भएको छ जुन बढ्ता प्रभावकारी देखिएको छ । एसको नाम शिंग्रिक्स राखिएको छ ।

वीकिपियाको सहयोगमा