एजेन्सी। आइपिएल २०१८ को ३८ औं खेलमा किंग्स इलेभेन पंजाबले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्यो । खेलमा पंजाबले जीतको लागि १५३ रनको लक्ष्य पाएको थियो । यो खेलमा पंजाबका विष्फोटक ब्याट्सम्यान क्रिस गेल भने चल्न सकेनन् । उनले २ चौका मात्र प्रहार गर्न सके ।

यो खेलमा निकै ‘क्यूट’ पल क्यामेरामा रेकर्ड भयो । क्रिस गेलले चौका प्रहार गर्नासाथ उनकी २ वर्षकी छोरी क्रिस्लिनाले ताली बजाइरहेकी देखिइन् । यो पल क्यामेरामा रेकर्ड भएको थियो । खेल हेर्न क्रिस गेलकी पत्नी नताशा बैरिजसँग उनकी छोरी क्रिस्लिना र सासु पनि स्टेडियम पुगेका थिए । खेलमा क्रिस गेलले २ चौका प्रहार गरे । यी दुवै चौका जोफ्रा आर्चरको बलमा प्रहार गरेका थिए । गेलले प्रहार गरेका दुवै चौकामा आफ्नी हजुरआमाको काखमा बसेकी क्रिस्लिना ताली बजाइरहेकी देखिइन् ।