आफैंलाई गोली हान्न लगाएको आरोपमा हिन्दु धर्मगुरु स्वामी आचार्य श्रीनिवास पक्राउ परे ।
आचार्य श्रीनिवासले नेपाललाई हिन्दुराज्य कायम गराउन विभिन्न समयमा आन्दोलन चलाएपनि सफल हुन नसकेपछि जनता र धर्मगुुरुलाई उक्साउन आफैंमाथि गोली प्रहार गर्न लगाएको आरोप प्रहरीले लगाएको छ । सुनसरीको बराह नगरपालिका लक्ष्मी बेङ्कटेस आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासलाई मोरङ प्रहरीले काठमाडौंबाट सोमबार बिहान पक्राउ गरेको थियो ।
उनीसँगै प्रहरीले गोली प्रहार गर्ने चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–४, बेलचोक बस्ने २९ वर्षीय माधव चौधरी र हतियार उपलब्ध गराउने नवलपरासीको गैंडाकोट नगरपालिकाका ३२ वर्षीय ‘सन्तोष’ भनिने लक्ष्मीराज अधिकारीलाईसमेत सार्वजनिक गरेको छ ।पछिल्लो समय श्रीनिवासको अंगरक्षककारुपमा रहेका चौधरीलाई गोली प्रहार गर्नुअघि प्रशिक्षणसमेत दिइएको एसपी बिसीको भनाइ छ ।आरोपी चौधरीले पूर्वयोजनाअनुसार आफूले श्रीनिवासको हातमा ५ मिटर टाढाबाट गोली प्रहार गरेपनि गोली गल्तीले दाहिने कुमको छेउमा लागेको बयान दिएका बताइएको छ ।
काठमाडौंमा उपचार गराइरहेका श्रीनिवासलाई सोमबारै बिहान काठमाडौंबाट पक्राउ गरी विराटनगर ल्याइएको थियो ।मोरङको जतुवामा श्रीमद्भागवत सप्ताहको तयारी भइरहेका बेला गत चैत २५ गते राति विराटनगरमा उनलाई गोली हानिएको थियो ।