काठमाडौँ – पछिल्लो समयमा कला र क्षेत्रमा निकै विकास हुँदै आएको छ । प्राय सबै मानिसको रुचि नै कलाकार बन्ने भइसकैको छ । धेरै जसो मानिसको गायन क्षेत्रमा रुचि बढ्दै गएको पाईन्छ ।

साना बालबालिका देखि ठुला मानिसको पनि संगीत ढुकढुकी बनेको छ । ईन्टरनेटका कारण आफुले भनेजस्तो, चाहेजस्तो गीत सुन्न पाईन्छ ।

त्यस्तै पछिल्लो समय गायन क्षेत्रमा पाईला चाल्ने धेरै भेटिएका छन् । संगीतलाई नै आफ्नो भविष्य बनाउने पनि निकै भेटिएका छन् । संगीतलाई आफ्नो ढुकढुकी बनाएका कारण धेरै गायक सफल भएका छन् । ति मध्ये प्रितम आचार्य पनि एक हुन् । उनी गीत गाएर नै शुरशाला आइडलमा द्रोस्रो भएका थिए । सानै उमेरका भएपनि उनको स्वर निकै राम्रो छ । परिवारबाट धेरै हौसला पाएका प्रितम आचार्यको गायक बन्ने ठुलो सपना छ । फेवाटाइम्सका लागि नवराज भण्डारीसँग गरिएको कुराकानी हेर्नुहोस्..