छोराले वृद्धा आमालाई करणी गरेको विर्सनलायक घटना सेलाउन नपाउँदै फेरि गोरखामा वृद्ध बाबुले आफ्नी छोरीलाई बलात्कार गरेको घटना बाहिरिएको छ ।गोरखा नगरपालिका १३ का ६५ वर्षीय बाबुले १४ वर्षकी छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा आइतबार मुद्दा दर्ता भएको छ । उक्त वृद्धले जबर्जस्ती करणी गरेको भेटेपछि गत शुक्रबार गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।वृद्धविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत गोरखाबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको महिला तथा बालबालिका सेवा केन्द्र गोरखाकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् । भिडियो हेर्नुहोस