काठमाडौँ – पछिल्लो समयमा “दोहोरी ब्याटल” बाट चर्चा कमाउन सफल गायक हुन् प्रकाश सपुत । त्यस्तै केहि दिन अगाडि मात्रै निकै नै मार्मिक गीत “बोल माया” बोलको सार्वजनिक भएको छ । वास्तविक जिबनमा आधारित नेपाली समाजलाई चित्रण गरेको मन रुवाउने उक्त गीतमा प्रकाश सपुत र मिठो स्वरकी धनि गायिका शान्ति श्री परियारको स्वर रहेको छ ।
जारौ लाखौ युवा विदेशबाट दैनिक काठको बाकसमा लास बनेर आउने क्रम जारी छ। घरमा भएका परिवारलाई सहि नसक्नु र साहुको पीडाले साचिकै मन रोएको यो आजिबन घट्ने घटना हुन् ।

गीतमा वर्ष भरी कति युवाले ज्यान गुमाए भने तथ्याङ्क समेत प्रस्तुत गरिएको छ । ति युवा र घर परिवारलाई भएको पिडा गीत मार्फत मन बुजाउने माध्यम बनेको छ। सरकारले वैदेशिक युवा पलायन रोक्ने अहिले सम्म कुनै पनि योजना ल्याएको देखिदैन ।

यसै क्रममा फेवाटाइम्सका लागि उनै गायक प्रकाश सपुत, शान्ति श्री परियार र अन्जली अधिकारीसँग गरिएको रमाइलो कुराकानी हेर्नुहोस्…