काठमाडौँ – चर्चित मोडल आशा खड्काले आफ्नो २४ औँ जन्मिदिन मंगलबार राजधानीको एक अनाथ आश्रममा मनाएकी छन् ।
उनी हास्य टेलिसिरीयल “हर्के हल्दार” मा बिगत लामो समयदेखि अभिनय गर्दै आएकी छन् । पछिल्लो समयमा “रिसानी माफ ” भन्ने हास्य टेलिसिरीएलमा पनि अभिनयमा उत्तिकै सक्रिय छिन् ।
थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर दर्शक र श्रोताको मन मुटुमा बस्न सफल उनले प्रेममा रहेको कुरा मंगलबार मिडियासामु खुलाएकी छन् । उनीसँगै उनकी आमाले पनि हामीले ज्वाई भेट्टाइसक्यौँ भनेकी छन् ।
हेर्नुहोस् फेवाटाइम्सकालागि गरिएको रमाइलो कुराकानी…..