रामेछाप । रामेछापस्थीत लिुखतामाकोशी १ का खेतराज घिमिरेलाई अमानविय व्यवहार गर्ने मुख्य आरोपी भनिएको मेघनाथ पौडेल अझै भेटिएका छैनन् । यो विषयमा हामीले यस अघिको कार्यक्रममा उठान गरेका थियौँ । पौडेलले घिमिरेलाई २ महिनासम्म पालेर गाईको दुध खाएको पैसा नतिरेको भन्दै निर्वस्त्र बनाएर लखेटेका थिए । गाईले दुध नदिएपछि किनेको गाई फिर्ता गर्दा घिमीरे माथी मेघनाथ पौडेल र उनका छिमेकी केवल पौडेलले कपडा खोल्दीएर कुटपिट गरेका थिए । पीडित घिमिरेका अनुसार घटनाको भोलीपल्ट १ नम्वर वडा कार्यालयमा मिलापत्र गराउन खोजीएको थियो । तर शनिबार घिमिरेले इलाका प्रहरी कार्यालय दोबीडाँडामा दिएको उजुरीको आधारमा घटना संलग्न केवल पौडेललाइ प्रहरीले तत्कालै नियन्त्रणमा लिए पनि मुख्य आरोपी मेघराज पौडेल भने फरार रहेको इलाका प्रहरी कार्यालय प्रमुख नायब प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिनुभयो ।