विश्वकप फुटबल अन्र्तगत समुह डीमा रहेका अर्जेन्टिना र नाईजेरीयाको खेल जारी छ । जारी खेलमा अर्जेन्टिनाका खेलाडी मेस्सीले १४ औं मिनेटमा गोल गरेका छन् । पहिलो हाफ सम्म अर्जेन्टिनाले एक गोल गरेको छ भने नाईजेरीया गोल गर्ने प्रयास गर्दैछ । अघिकांश बल अर्जेन्टिनाको खुट्टामा छ । यो खेल दुबै देशका लागी गर या मरको अवस्थामा छ । अर्जेन्टिनाले अर्को चरणमा जानको लागी यो खेल जिल्नै पर्ने हुन्छ र जितेमा पनि उसको भबिष्य आईसल्याण्ड र क्रोयसियाको खेलमा भर पर्छ । अर्जन्टिना दोस्रो चरणमा प्रवेश गर्नको लागी नाईजेरियालाई जित्न जरुरी छ भने क्रोयसियाले आईसल्याण्डलाई हराउन पनि जरुरी छ ।