८६ औं मिनेटमा रोजाले गरेको गोलको मद्दतले अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । अर्जेन्टिनाले नाईजेरियालाई दुई शुन्यले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गरेका थिए । पहिलो हाफमा एक शुन्यले पछि परेको नाईजेरिया ५१ मिनेटमा पेनाल्टीबाट बराबरी थर्यो । खेलको अन्त्य तिर ८६ मिनेटमा रोजोले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । अधिकांश समय बल अर्जेन्टिनाको खुट्टामा हुँदा पनि गोल गर्न भने अन्तिम समय नै कुर्न पर्यो । जितसंगै अर्जेन्टिना समुह उपबिजेता बन्दै अन्तिम १६ मा पुगेको छ भने क्रोयसिया समुह बिजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ । आजै भएको अर्को खेलमा क्रोयसियाले आईसल्इयण्डलाई दुई एकले हरायो ।