विश्वकप फूटबल अन्र्तगत ब्राजिल र सर्वियाको खेलमा ३६ मिनेटमा ब्राजिलले गोल गरेको छ । ब्राजिलका पौलिन्होले गोल गर्दै ब्राजिलाई अग्रता दिलाएका हुन् । समुह ई मा रहेको ब्राजिल र सर्विया एक अर्कोलाई जितेर अर्को चरणमा प्रवेश गर्न चाहन्छन् । समुहमा ब्राजिलको ४ अंक छ भने सर्वियाको ३ अंक छ । दोस्रो चरण प्रवेशका लागी ब्राजिलले कम्तीमा पनि बराबरी गर्नु पर्ने हुन्छ भने सर्वियाका लागी जित अनिवार्य हुन्छ ।