केही बेरमा फ्रान्स र अर्जेन्टिना अन्तिम ८ का लागी भिड्दै छन् । उपाधीका दाबेदार यी दुई टिम नकआउट चरणमा नै भेट भएकाले आज पराजित हुने घर फर्किनु पर्ने हुन्छ ।
आजको खेलमा अर्जे्न्टिनी स्टार लियोनल मेस्सी तथा फ्रेन्च स्टार पोग्बामा सबैको ध्यान केन्द्रित हुनेछ ।
विश्वकपको लागी मेस्सी एक हस्ती हुन् । बार्सिलोनाका सुपरस्टार मेस्सी रुसमा सुरुवाति दुई खेलमा आलोचनाका शिकार बने । तर, अन्तिम खेलमा नाइजेरियाविरुद्ध गोल गरेपछि सर्मथकमा केही आशा पलाएको छ । फ्रान्ससंगको खेलमा धेरै हदसम्म मेस्सीमा निर्भर रहन्छ, जस्तो कि यसअघिका खेलहरुमा देखिएको थियो ।
पाउल पोग्बा फ्रान्सका मुख्य खेलाडी हुन् । उनलाई डेनमार्क बिरुद्धको खेलमा आराम दिइएको थियो । उनी अर्जेन्टिनाविरुद्ध प्लेइङ सेटमा आउनेछन् । उच्च लयमा रहेका पोग्बा त्यसलाई ध्वस्त पार्न फ्रान्सको मुख्य हतियार हुनेछन् ।