ललितपुरको झरुवारासीमा बस्दै आएकी मिरा कार्की स्तन क्यान्सरबाट पिडित छिन्। उनलाई क्यान्सर भएको भन्ने थाहाँ भएपछि उनका श्रीमानले दुई नाबालक सन्तान सहित आफ्नो बिरामी श्रीमतीलाई छोडेर बेपत्ता भए। उनी अहिले ३४ वर्षकी भइन्। उनलाई क्यान्सर भएको करिब ५ महिना भइसकेको छ। उनको आर्थिक अबस्था निकै नाजुक छ। मिरा कार्की स्वस्थ हुँदा उनका श्रीमान खेतीपाती गर्दथे। उनी पनि खेतबारीमा तरकारी रोप्ने गर्थिन्। यसैबाट उनले आफ्नो गुजारा चलाउने गर्थिन।

जब उनी क्यान्सर पिडित भईन उनको जीवनमा भुईचालो आयो। उनको श्रीमानले यस्तो दुखद घडीमा उनलाई छाडेर गए। अहिले उनी र बालबच्चा विचल्लीमा परेका छन् । शुरुवातमा उनलाई दुख्ने गार्हो हुने त्यस्तो केहि भएको थिएन। एक्कासी स्तनबाट रगत बग्न थालेपछि उनी उपचार गर्न भक्तपुरको क्यान्सर अस्पतालमा पुगिन्। त्यहाँ उनले स्तन क्यान्सर भएको लास्ट स्टेज भइसकेको थाहा पाइन्। भिडियो हेर्नुहोस