श्रीमानले अर्को विवाह गरेपछि कतिपय श्रीमतिहरु सम्बन्ध विच्छेद माग्ने, वहुविवाहको मुद्धा दिने र कतिपयले हेलत्व सहन नसेकर आत्मा हत्या समेत गरेका घटना बाहिर आई रहेका बेला छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अर्को विवाह गराउन दबाब दिई रहेकी बाग्लुङ्गकी एक महिलाले भने श्रीमानले उक्त विवाह गर्न नमानेपछि आत्मा हत्या गरेकी छन् ।

बडीगाड गाउँपालिका वडा न ९, साविकको दर्लीङ गाबिस वडा न १ निवासी डिल बहादुर मल्लकी ४३ वर्षिया श्रीमती गीता मल्लले गएराती झुण्डिएर आत्माहत्या गरेकी हुन् । साँझ श्रीमान सँगै खाना खाइन्, आफ्नो श्रीमानलाई बिस्तारासमेत लगिन र तपाई सुत्नुस् म टिभी हेर्छु भन्दै कोठाबाट बाहिरिएकी थिर्इन् । भिडियो हेर्नुहोस