एजेन्सी। सामाजिक संजाल ट्विटरले बढ्दै गएको बिकृतिलाई रोक्न नया फिचर ल्याएको छ। ट्विटरमा अभद्र नराम्रो,अश्लिल भाषा बोल्ने व्यक्तिको अकाउन्ट ब्लक गरिदिने भएको छ । माइक्रो ब्लगिङ साइट पेरिस्कोपमा ट्विटरले गलत भाषाको प्रयोग गर्ने मानिसहरुमाथि कारवाही गर्न कडा कदम उठाएको छ ।

ट्विटरका अनुसार आगामी १० अगष्टदेखि अकाउन्टहरुको पुनर्वोलोकन (रिभ्यू) गरी त्यस्ता अकाउन्टहरुले ट्विटरको नयाँ गाइडलाइन्सको उल्लंघन गरे नगरेको परीक्षण गर्ने जनाएको छ ।

सामाजिक संजाल ट्विटरको लाइभ,च्याट,कमेन्ट जुन सुकै ठाउमा अश्लिल भाषाको प्रयोगगर्ने प्रयोगकर्ताहरुको अकाउन्ट पुनर्वोलोकन गरि गलत भएमा ब्लक गरिदिने भएको हो । ट्विटरले आफ्ना प्रयोगकर्तालाई अपिल गर्दै अश्लील लाइभ कमेन्ट गरेको पाइएमा रिपोर्ट गर्न भनेको छ ।