काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको भाउमा कमि आएपछि बिहीबार नेपालमा पनि मूल्य घटेको हो ।

बुधबार प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड बिहीबार ३ सय रुपैयाँले घटेर ५६ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुन पनि तोलामा ३ सय रुपैयाँले घटेर ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदी भने बुधबारको तुलनामा स्थिर रहदै प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले प्रति दश ग्राम फाइनगोल्डको मूल्य ४८ हजार १० रुपैयाँ, तेजाबी सुनको मूल्य ४७ हजार ७ सय ५५ रुपैयाँ र चाँदीको मूल्य ६ सय ३० रुपैयाँ तोकेको छ ।