एजेन्सी । विश्व इतिहासलाई केलाएर हेर्ने हो भने जुन सुकै राष्ट्रमा पनि निरंकुस तानाशाहा/शासक बर्ग र शोषित बर्ग थिए । शासक भन्नासाथ आफ्नो साम्राज्य चलाउने मुख्य नाइके हुन् भन्ने बुझिन्छ । ति शासकहरु यति सम्म क्रुर त निर्दयी हुन्थे कि उनीहरुको मनमा कुनै पनि दयामाया र मानबियता हुदैन थियो ।

त्यस्तै एक सन्की र क्रुर तानाशाह हुन् रोमानियनका व्लेड ड्राकुला । उनको इतिहास पढ्दा नै आङ सिरिङ्ग हुन्छ ।  किनकी उनको विश्व इतिहासमा गरेको कु-कार्य सुन्दा अहिले पनि विश्वभरका मानिसहरुको मुटु चिसो हुन्छ ।

सन् १४२८ मा रोमानिया जन्मेका ति शाहक सन् १४४८ सम्म तीन पटक सम्म राजा भएर सत्ता चलाएका थिए। उनलाई ‘व्लेड द इम्पलर’को अर्को नामले समेत चर्चित छन् । ती शासकलाई विश्वका सबैभन्दा ठूला हत्यारा पनि भनिन्छ । ओटोमन साम्राज्य तथा टर्की साम्राज्यसँगको युद्धमा उनले धेरै सर्बसाधारण महिला तथा बालबालिकाको निर्ममतापुर्वक हत्या गरेको इतिहास छ । ति क्रुर शासकले नवजात शिशु,जवान र बृद्धलाई समेत छाडेनन् ।

व्लेडको रुप रङ्ग नै यति सम्म खतरनाक र डरलाग्दो थियो कि उनलाई देख्नेहरु डराउथे। हेर्दै राक्षस जस्ता उनि व्यवहार पनि राक्षस जस्तै थियो ।

उनले मानिसलाई तड्पाई तड्पाई हत्या गर्ने गर्दथे । खुल्ला ठाउँमा सुत्न लगाएर त्यसमाथि घोडा कुदाएर हत्या गर्दथे उनि । प्रत्येक दिन उनले मान्छे नमारी रातमा निद्रा लाग्दैनथ्यो भनिन्छ । उनले भ्यालेन्सिया राज्यका लाखौ सर्बसाधारणलाई यातना दिएर निर्मम हत्या गरेका थिए । क्रुर तानाशाहा ब्लेडको मृत्यु सन् १४७६ मा भएको थियो । उनको मृत्युमा लाखौ सर्वसाधारणहरु खुसि हुदै उत्सव नै मनाए थिए ।-एजेन्सीको सहयोगमा