•  जीवन राई

काठमाडौँ।  कुल्फिवाला नामले पछिल्लो समय निकै भाइरल भएका व्यक्ति मन कुमार राईले नागरिकता लिएका छन् । सानै उमेरमा काठमाडौँ छिरेका सोलुखुम्बु सल्यानका मन कुमार राई करिब दुई दशकपछि नागरिकता बनाउन गाउ पुगेर नागरिकता बनाएर फर्किएका छन् ।

पछिल्लो समय उनको भिडियोहरु एक एक भाइरल बन्दै आएको थियो । सामान्य सडक सडकमा बदाम कुल्फी बेच्दै हिडेका राई उनको कुल्फी बेच्ने शैली देखेर सबै अचम्म मान्थे । आयो कुल्फी आयो आयो कुल्फी आयो भन्दै घर घरमा नाच्दै हास्दै कुल्फी बेचेर हिडेका उनि एक एक निकै भाइरल भए ।

निकै भाइरल भएपछि चर्चित हास्यकलाकार विल्सन बिक्रम राई मार्फत उनका आफन्तले मन कुमारको मेहेनत देखेर आर्थिक सहयोग गरेपछि उनि आफ्नो नागरिकता बनाउन गाउ पुगेका हुन् । गाउ पनि निकै फेरिएछ गाउघरमा विकास भएको र गाउका युवाहरु गाउ छाडेर विदेश पलाएन हुने र शहर छिरेको हुनाले अहिले गाउ घर शुन्य भएको अनुभब समेत सुनाए । उनि आफ्नो जन्म भुमि पुगेर पनि नाचेको उनले सुनाए ।

कक्षा पाच सम्म मात्रै अध्ययन गरेका राई निकै फर्साइलो रमाइलो स्वभाबका छन् । काठमाडौँ जोरपाटीमा उनि एक्लै बस्दै आएका छन् । पछिल्लो समयमा मन कुमारलाई सहयोगी हातहरु पनि जुटिरहेको छ । मेरो अनलाइन युटुब च्यानेलका संचालक विश्व लिम्बुले पनि आफ्नै कार्यालयमा बोलाएर आर्थिक सहयोग गरेका छन् । भने विल्सन बिक्रम राईले पनि जुत्ता उपहार दिदै उनीसंगै अब एउटा विज्ञापनमा खेलाउने अफर गरेका छन् ।

सानो उमेरमा काठमाडौँ छिरेका मन कुमार जीविका चलाउन गलैचा बुन्थ्ये । तर मुटुको रोगले च्यापेपछि उनले बदाम र कुल्फी बेच्न थालेका उनले सुनाए । पुरा भिडियो हेर्नुहोस: