काठमाडौं,७ भदौ। एनसेलले सम्पूर्ण यात्रुलाई सहज पार्नको सार्वजनिक सवारी साधनबारे पूर्वजानकारी दिने एप ‘लेट्जेडगो’ सार्वजनिक गरेको छ।

उपत्यकाभित्र सर्बसाधारणहरुले बिशेष गरि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको सास्ती दुख लाई हेरेर यो एप ल्याएको हो । यो एपले कुन बस कुन रुटमा चल्छ र कति बेला आफ्नो स्थानमा आइपुग्छ भन्ने पुर्व जानकारी दिने काम गर्छ ।

कम्पनीले रामलक्ष्मण इनोभेसन्स् प्राइभेट लिमिटेडसँग सहकार्य गरेर यो मोबाइल एप ल्याएको हो। यो एप शुक्रबारबाट सञ्चालनमा आउँदैछ। एनसेलको सिम प्रयोगकर्ताले शुक्रबारबाटै प्रयोग गर्न सक्नेछन।