एजेन्सी । जो कोहिलाई पनि आफ्नो जीवन रङ्गीनमय सुखै सुख यसआरामका साथ जिउन व्यथित गर्न चाहन्छन । त्यसैले मानिसले दिनरात मेहेनत गरि धनि बन्दछन  । विश्वमा कयौ अर्बपतिहरू छन्  । आफुसंग अथाह धन सम्पति छन्।

तर कोहि कोहि यस्ता अर्बपति पनि छन् जो प्रसस्तै सम्पति भएर पनि समन्य रुपमा भिआइपी जीवन भन्दा सामान्य जीवन जिरहेका हुन्छन । खानपिन देखि जीवन शैली आफ्नो सवारी साधन पनि सामान्य सर्वसाधारण सरह जीवन जिउने पनि छन् । बरु अरुको दुखमा सहयोग गर्न तल्लिन हुन्छन ।

उनीहरु आफ्नो सम्पतिको तुलनामा निकै सस्तो मूल्यका कार चढेर हिड्छन ।

१ जेफ बेजोस:

अहिले विश्वकै धनाढय व्यक्तिका पहिलो नम्बरमा छन् अमेजोन कम्पनीका मालिक जेफ बेजोस । उनको कुल सम्पत्ति १५६ दशमलव ९ अर्ब डलर रहेको छ । उनी चढ्ने कार ‘होन्डा एकोर्ड’ हो, जसको आधार लागत मूल्य १६ हजार ९ सय ९५ अमेरिकी डलर रहेको छ ।

२ स्टिभ बालमर :

माइक्रोसफ्टका पूर्व सीईओ स्टिभ बालमर वर्षौंदेखि फोर्ड गाडी चढ्छन् । उनको कुल सम्पत्ति ४२ दशमलव ३ अर्ब डलर रहेको छ । लस एन्जेलस क्लिपर्सका मालिक उनी विश्वका २२ औं अर्बपति हुन् । उनी चढ्ने कारको मोडल हो ‘फोर्ड फुजन हाइब्रिड’ । यो मोडलको मूल्य २५ हजार २ सय ९५ डलर पर्छ ।

 

३ मार्क जुकरबर्ग:

सामाजिक संजाल फेसबुकका संस्थापक(मालिक) मार्क जुकरबर्ग पनि पनि सस्तो कार छाड्ने मध्ये पर्छन  ।

मार्क जुकरबर्गको कुल सम्पत्ति ६५ दशमलव ५ अर्ब डलर रहेको छ । उनी यो वर्ष धनाढयहरूको सूचीमा पाँचौं स्थानमा छन् । उनि विश्कै कान्छा अर्बपति पनि हुन् । विश्वका तेह्रौं शक्तिशाली व्यक्ति पनि हुन् । उनी चढ्ने कार ‘एकुरा टीएसएक्स’ मोडलको आधार लागत मूल्य ३० हजार ६ सय ३५ डलर पर्छ ।

४ ज्याक माको:

चिनियाँ अर्बपति ज्याक माको कुल सम्पत्ति ३९ दशमलव ४ अर्ब डलर छ । उनी एकजना पूर्व अंग्रेजी शिक्षक हुन् । विश्वकै सबैभन्दा ठूलो ई–कमर्स बिजनेस अलीबाबाका सहसंस्थापक उनी अर्बपति सूचीमा २० औं र विश्वका शक्तिशाली व्यक्तिमध्ये २१ औं स्थानमा छन् । उनी ‘रोएवे आरएक्स फाइभ एसयूभी’ मोडलको कार चढ्छन् । उक्त कारको आधार लागत मूल्य १५ हजार अमेरिकी डलर रहेको छ ।

५ माइकल ब्लुम्बर्ग:

अमेरिकी व्यापारी, इन्जिनियर, लेखक, राजनीतिज्ञ र परोपकारी माइकल ब्लुम्बर्गको कुल सम्पत्ति ५२ दशमलव ४ अर्ब अमेरिकी डलर छ । उनी विश्वकै ११ औं धनाढय हुन् । सन् १९८१ मा आफैंले सञ्चालन गरेको वित्तीय सूचना तथा मिडिया कम्पनी ब्लुमबर्ग एलपीका मालिक पनि हुन् । यिनी चेभ्रोलेट सर्बरबन मोडेल कारको ‘कस्ट अफ बेस मोडेल’ चड्छन। जसको मूल्य ३९ हजार २ सय डलर रहेको छ । एजेन्सी