एजेन्सी । संसारकै सबैभन्दा बहुमूल्य पदार्थ के होला ? हामीमध्ये धेरैले भन्छौं हीरा, सुन वा प्लाटिनम । तर होइन संसारकै सबैभन्दा बहुमूल्य पदार्थको अगाडि हीरा, सुन, वा प्लाटिनम केही पनि होइनन् । बहुमूल्य चीजको कुरा गर्ने हो भने त्यो पदार्थको अगाडि हीरा, सुन लगायतका पदार्थ कौडीको मूल्य पनि नपर्ने तुच्छ वस्तु देखिन्छन् । यो पदार्थको मात्रै एक ग्राम मात्रा किन्नको लागि जति पैसा चाहिन्छ त्यति पैसामा संसारका साना १ सय देश किन्न सकिन्छ । यो पदार्थ वास्तवमै बहुमूल्य छ ।

संसारकै सबैभन्दा बहुमूल्य पदार्थ ‘एन्टिमेटर’ हो । रोचक त के भने एन्टिमेटर पृथ्वीमा काम लाग्दैन तर अन्तरिक्षसँग सम्बन्धित कामको लागि भने एन्टिमेटर निकै बहुमूल्य हुन्छ । यो कुरा तपाइँलाई पनि शायद थाहा छैन होला कि आकाशका तारालाई ब्ल्याक होलले दुई भागमा चिरेको अवस्थामा एन्टिमेटर पदार्थ निस्किन्छ । पृथ्वीमा सबैभन्दा पहिले एन्टिमेटर उत्पादन गर्न सफलता सर्नको प्रयोगशालाले पाएको थियो । एन्टिमेटर यतिसम्म बहुमूल्य छ कि यसका लागि कोही पनि हरसम्भव मूल्य दिन तयार हुन्छ ।

अन्तरिक्ष यात्रा गर्ने वा अन्य ग्रहमा जाने अन्तरिक्ष यानमा जुन इन्धन राखिन्छ त्यो यन्धन यही एन्टिमेटरको सहायताले बनाइन्छ । बजारमा १ ग्राम एन्टिमेटरको मूल्य २५ अर्ब डलर पर्ने वैज्ञानिकहरु बताउँछन् । यसको खास विशेषताका कारण यो पदार्थ अत्याधिक महंगो भएको नासाले बताएको छ । यो पदार्थबिना अन्तरिक्षमा जान सम्भव नै छैन किनकि यसको प्रयोगबिना अन्तरिक्षयानको इन्धन नै बन्दैन । यो पदार्थ उत्पादन हुने ठाउँमा संसारकै उच्च सुरक्षा व्यवस्था छ ।