एजेन्सी। केही गीतहरु यस्तो हुने गर्दछन् जुन हरेक व्यक्तिको मनपर्ने गित बन्ने गर्दछ र जति पटक सुने पनि मन भरिने गर्दैन । तर के तपाईले यस्तो गीतको बारेमा सुन्नु भएको छ जसलाई सुनेर मानिसहरु आत्महत्या गर्ने गर्दछन् । सायद तपाईलाई यस्तो गीतको बारेमा थाहा नहोला । एक यस्तो गीत पनि बनेको छ जसलाई ६३ वर्षदेखी ब्याण्ड लगाईएको छ, किनकी यसलाई सुनेर मानिसहरु आश्चर्यजनक तरिकाले आत्महत्या गरिरहेका थिए । ‘Rezso Seress’ जो हंगेरीमा बस्ने गर्थे। उनले १९९३ सालमा “स्याड सन्डे” नामक एक गीत बनाएका थिए । यस गीतमा यति पिडा थियो कि जसले यस गीतलाई एक पटक सुन्थ्यो उसले आफ्नो पीडाको महसुस गर्थ्यो। केहि व्यक्तिहरुले अचानक तरिकाले आत्महत्या गर्न थाले ।

यो गीत रिलीज भएपछि मानिसहरुको मन पर्ने गीत पनि बनेको थियो र निकै पब्लिसिटी पनि प्राप्त भएको थियो । यो एक पिडाले भरिएको गीत हो । जसले मानिसहरुको मनलाई छुने गर्थ्यो । यसैले यस गीतलाई सबैभन्दा उदास गीत भनेर उपाधि पनि प्राप्त भएको थियो । यस गीतलाई सुनेर आत्महत्या गर्ने सबैभन्दा पहिलो मामिला बर्लिनमा आएको थियो। त्यहाँको एक पुरुषले यस गीत सुनेपछि आफैलाई गोली हानेका थिए । यस बाहेक न्युयोर्कमा पनि एक वृद्धले ७ औ तल्लाबाट हाम्मफालेर आफ्नो ज्यान गुमाएका थिए । साथै हंगेरीमा एक १७ वर्षका युवकले यस गीत सुनेर पानीमा डुबेर आत्महत्या गरेका थिए । यस गीतको लिरिक्स यति पीडादायी थियो कि जुन सुनेर जस्तोसुकै मानिस पनि भावुक हुने गर्दथ्यो ।