एजेन्सी। अमेरिकामा गर्भ रहेको २२ हप्तामै जन्मिएका एक बालकले अस्पतालको ‘इन्टेन्सिभ केयर’बाट ग्रायाजुएशन गरेका छन् । उनलाई विश्वविद्यालयले जस्तै ‘दीक्षित’ गरिएको मर्मस्पर्शी भिडियो सार्वजनिक भएसँगै भाइरल भइरहेको छ । डेली मेलका अनुसार कलेन पोट्टर नामका ती बालक जन्मिँदा मात्रै १३.९ औंस (एक पाउण्डभन्दा पनि कम) तौलका थिए जबकि सामान्य बालक भर्खर जन्मिँदा लगभग ५ पाउण्डदेखि ८ पाउण्डका हुन्छन् । १६ औंसको एक पाउण्ड हुन्छ ।

कलेनकी आमा मोलीले गर्वसाथ भनिन् कि उनलाई भनिएको थियो, उनको छोराको २ प्रतिशत मात्र बाँच्ने सम्भावना छ । उनी र उनका पतिले बालकलाई बचाउन अमेरिकाका ३ राज्यका १६ अस्पताल गुहारेका थिए । अस्पतालमा १६० दिन बिताएपछि ती नवजात बालक घर जान सक्ने भएका छन् । श्रीमती पोटट्टरले गर्वसाथ भनिन् ‘हो ऊ हाम्रो ‘२ प्रतिशत’ हो । पूर्णतया स्वस्थ र सक्षम ।’

कलेनको अहिलेको तौल ५ पाउण्ड र ११ औंस छ र उनलाई कुनै प्रकारको स्वास्थ्य समस्या छैन । चमत्कारजस्तै बाँचेका बालकको ‘ग्रयाजुएसन’ समारोहको भिडियो अहिले चर्चामा छ जुन सहारोह अमेरिकाको अल्बामाको युएसए चिल्ड्रेन्स एण्ड वुमन्स हस्पिटलमा भएको थियो । हेर्नुहोस् भिडियो