विश्वमा यस्तो पनि देश छन् जुन देशको आफ्नो पैसा(मुद्रा) छैन। ति देशमा अन्य देशको मुद्राले नै काम चलाउछन ।

१) नेरु
पपुआ न्यु गिनीको नजिकै रहेको यो देशको क्षेत्रफल जम्मा २१ वर्ग किलोमीटर रहेको छ भने यहाँको जनसंख्या करिब ११७४३ रहेको छ । यो देशमा कुनै सुरक्षा बल र आफ्नै मूद्रा छैन । जर्मनीको उपनिवेश रहेको यो देश केही समय अघि अस्ट्रेलियाको सहयोगले स्वतन्त्र भएको थियो । त्यसपछि यो देशमा अस्ट्रेलियाकै मूद्रा प्रयोग हुँदै आएको छ।

२) जिम्बाब्बे
२००९ मा आएको आर्थिक मन्दीका कारण जिम्बाब्बेमा पनि पनि मूद्रा छैन । आफ्नै मूद्रा चलाउन नसक्ने अवस्था आएपछी यो देशमा साउथ अफ्रिकाको मूद्रा चलाउने गरिएको छ।

३) इक्‍वाडोर
सन् २००० को आर्थिक मन्दी पश्चात माथि उठ्न नसकेको यो देश को कुल ग्राहस्थ आम्दानी नि निकै घटेको थियो। त्यो समय पछि यो देश ले अमेरिकाको मूद्रा डलर प्रचलनमा ल्याएको हो।

४) पानामा
पानामा पनि आफ्नै मूद्रा नहुने देशहरु मध्य एक हो। अमेरिकासँगको विवादका कारण कोलुमबिया देखि अलग भएको यो देशले अमेरिकाको मूद्रा प्रचलनमा ल्याएको छ। अमेरिकाले यो देशको निर्माणमा समेत ठूलो सहयोग पुर्याएकाले पनि अमेरिकी डलर प्रयोगमा आएको हो।

५)मोनाको

क्षेत्रफलको हिसाबले दोस्रो सानो देश मोनाकोको जनसंख्या करिब ३७,००० मात्र रहेको छ। पुर्णरुपमा फ्रान्स मा आश्रित रहेको यो देशमा युरोको प्रयोग हुने गरेको छ।