काठमाडौं, भदौ १६ । एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले मलेसियालाई हराएको छ । नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसिया १६९ मा सिमित हुँदा नेपाल १९ रनले विजयी भएको हो ।

मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा १८८ रन बनाएको थियो । नेपालका लागि लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मान जनकको स्कोरमा पुर्याए । दीपेन्द्र र आरिफले अर्धशतक बनाए ।

शुरुवातका पाँच विकेट सस्तैमा गुमाएर धरमराएको नेपाली इनिङलाई दीपेन्द्र र आरिफले समाल्दै सम्मानजनक स्कोर बनाए । दीपेन्द्रले ५१ बलमा ५४ रन बनाए भने आरिफले विष्फोटक व्याटिङ गर्दै ४८ बलमा ६४ रन बनाएर नटआउट रहे ।

सुभाष खकुरेलले ९, कप्तान पारस खड्का १३, अनिलकुमार साह १६, उपकप्तान ज्ञानेन्द्र मल्ल ११, बसन्त रेग्मी ७, बलमा सागर पुन र सोमपाल कामी शुन्य रनमा आउट भए । नेपालले १४ ओभरमा पाँच विकेटको क्षतिमा जम्मा ६० रन बनाएको थियो ।

मेलेसियाका लागि स्याज्रुलले ३, एस मुनीयन्डीले ३ र मुहम्मद अनवरले १ विकेटले लिए । अाजकाे खेलमा अलराउण्डर दीपेन्द्रसिंह एेरी म्यान अफ द म्याच भए ।