काठमाडौं,१७ भदौ । मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत क्रिकेट खेलमा आज आइतबार सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरलले ४२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन बनाएको हो । नेपालका लागि लतित राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।

सिंगापुरका लागि चेतन सूर्यवंशीले सर्वाधिक ६० रन बनाए । अनिष परामले ३१ र कार्तिकेयन सुब्रामनियनले २० रन बनाए ।