मनिसलाई सबै भन्दा ठुलो डर, भय नै मृत्यु हो । मानिसको मृत्यु कहिले हुन्छ भनेर पहिले नै थाहा पाउनु पक्कै पनि जटिल र आश्चर्यजनक कुरा हो । तर यो सत्य नै भएको छ । एक मनोवैज्ञानिकले सुँघेरनै कसको मृत्य हुँदैछ भन्ने दाबी गरेकी छिन् । तर आफ्नो यो क्षमतालाई ‘बेकार’ को संज्ञा दिँदै मृत्यु हुने व्यक्तिलाई बचाउन नसक्ने जानकारी दिएकी छिन् ।

अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस्ने अरी काला, २४, ले व्यवसायिक मनोवैज्ञानिकको रुपमा स्थापित हुनुअघि सेक्रेटरीको आफ्नो ९–५ को जागिर गत वर्ष छोडिन् । अरीका अनुसार उनलाई आफ्नो ‘छेटौं इन्द्रिय’को बारेमा उनी १२ वर्षकी हुदखेरी नै थाहा भएको बताएकी छिन् । त्यतिबेला उनी आफ्ना बिरामी काकालाई भेट्न जाँदा अचम्मको गन्ध महसुस भएको जुन उनका परिवारका अन्य सदस्यले थाहा पाउन नसकेको जानकारी दिइन् ।

त्यसपछि अरीले अन्य व्यक्तिबाट पनि त्यस्तै गन्ध महसुस गरिन् जसको केही दिनभित्रै मृत्यु भयो । अरीकाले भने- “यो ‘छेटौं इन्द्रिय’ हुँदाहुँदै पनि मृत्यु हुन लागेका व्यक्तिलाई उनले बचाउन सक्दिनन् । अरी भन्छिन्, ‘मलाई थाहा छैन, मैले यो आफ्नो शक्तिलाई के गरुँ । मलाई थाहा हुन्छ, को मर्दैछ । तर म उसलाई जानकारी दिन्नँ किनभने यस्तो गर्नु सही होइन भन्ने लाग्छ ।

मैले यस्तो गर्दा कस्तो नतिजा भोग्नु पर्ला भन्ने डर लाग्छ, मानिसहरुले के सोच्लान् । मैले नियतीसँग खेलवाड गर्नु हुँदैन ।” अरीका अनुसार हरेक व्यक्तिमा यस्तो कुनै न कुनै शक्ति हुन्छ तर बाल्यकालमा सामाजिक दबाब वा पालन–पोषणको तरिकाले यो सधैंका लागि दबिने गर्छ । अरीले अब अन्य थुप्रै महिलालाई मनोविज्ञानको तालिम पनि दिने गरेकी छिन् ।

उनले २५ देखि ४५ वर्षका महिलालाई आफ्नो मनोवैज्ञानिक शक्तिलाई राम्रो काममा कसरी प्रयोग गर्नेबारे भन्ने सिकाउँछिन् । सोसल मिडियामा आफूले नकारात्मक कमेन्ट पाउने गरेको पनि उनले जानकार दिइन् ।