काठमाडौं । नेपाली बजारमा डलरको भाउ आकासिन थालेको छ । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ८४ रुपैयाँ तोकेको छ । गत शनिबार डलरको भाउ १ सय १३ रुपैयाँ ८९ पैसा पुगेको थियो ।

आज १ डलरको नेपाली बजार भाउ १ सय १४ रुपैयाँ ८४ पैसा पुगेको छ ।डलर महँगो हुँदा नेपालले विकास निर्माणका लागि ल्याउने विदेशी सामग्रीको भाउ बढ्न सक्ने डर छ । अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकाले पनि डलर महंगो हुँदै गएको राष्ट्र बैंकको भनाई छ ।