शनिबार पोखराको बेगनास तालमा डुङ्गा दुर्घटना हुँदा ८ जनाको ज्यान गयो । तीजको लागी पाहुना हुन आएकाहरु नै डुङ्गामा थिए । करिब ४५ मिनेट डुङ्गा हिडेपछि एक्कासी डुङ्गा कोल्टीएको नजिकैबाट देख्ने व्यक्ति बताउँछन् । बेगनास तालको घाट बाट धनुबासेमा जान करिब एक घण्टा डुङ्गामा जान पर्ने हुन्छ । घर पुग्न करिब २०० मिटर बाँकी थियो डुङ्गामा रहेका १० जना नै पानीमा खसे । डुङ्गा पानीमाथी तैरीयो–एक प्रत्यक्षदर्शीले बताईन् ।
पाहुना आएका व्यक्ति नै बेगनासमा सकिएपछि धुनबासे गाउँ पुरै सुोकमा डुबेको छ । तीजमा दर खाने र नाच्ने गाउने भनेर घरमा पाकेको खानेकुराहरु त्यतिकै भान्छामा रहेका छन् ।