काठमाडौं । म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वर्ल्ड २०१८ को टाइटल नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका छन् । अन्य ९ जना प्रतिस्धपर्धीहरुलाई पछि पार्दै दिक्पालले मिस्टर मोडल अफ द वर्ल्ड २०१८ को टाइटल जितेका हुन् ।

प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, चीन लगायतका देशबाट मोडलहरु सहभागी भएका थिए ।

डिजाइनरहरू : दिपा मल्ल ठकुरी ,मिना अग्रवाल र बिनिता भट्ट ।