काठमाडौँ, २७ भदौ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्प्यिनसिपको सेमिफाइनल खेलमा माल्दिभ्सले नेपाललाई हराएको छ ।

खेल सुरु भएको ९ औ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानिले फ्रिकिकबाट पहिलो गोल गरेपछि अग्रता लिएको थियो । घातीले पेनाल्टी बक्सको केही बाहिर पाएको फ्री किकलाई गोलमा परिणत गरेर माल्दिभ्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफ पछि खेलको ८४ र ८६ औ मिनेटमा माल्दिभ्सका इह्राहीम एच वाहीदले गोल गर्दै ३-०को अन्तरले पराजय भएको हो । माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो ।

लगातारको वर्षाले मैदान चिप्लो हुँदा नेपाली टोलीको कुनै पनि उत्कृष्ट प्रहार गर्न सकेन । साथै खेल शुरु भएको २८औँ मिनेटमा हावाहुरीसँगै भारी वर्षा भएपछि आधा घण्टा खेल रोकिएको थियो ।