काठमाडौं,२८ भदौ । नेपाली बाजारमा आज सुनचाँदीको मुल्य बढेको छ । सुनको प्रतितोलामा ३ सय रुपैयाले बढेको छ ।

बुधबार प्रतितोला ५७ हजार ९ सय रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज तोलामा ५८ हजार २ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ९ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेको छ । बुधबार प्रतितोला ७ सय १५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य आज तोलामा ७ सय २० रुपैयामा कायम रहेको रहेको महासंघले जनाएको छ ।