एजेन्सी । साउथ इन्डियन सुपरस्टार रजनी कान्त र अभिनेता अक्षय कुमारको यस वर्षकै प्रतिक्षित फिल्म २.० को तिजर सार्बजनिक भएको छ  । यहि २९ नोवेम्वरमा फिल्म रिलिज हुदै छ । अत्याधुनिक प्रबिधिको प्रयोग गरि बनाइएको फिल्म हो । रजनिकान्तलाई यस फिल्ममा पनि रोबोटिक भूमिकामा देखिन्छ भने अक्षय कुमार खतरनाक भिलेनको भूमिका देख्न सकिन्छ ।

सार्बजनीक ट्रेलरमा अक्षय कुमार डरलाग्दो रुपमा देखिएका छन् भने रजनिकान्त रोबोटिक लुकमा देखिएका छन् ।

गणेश चतुर्थीको दिन उक्त ट्रेलर अक्षय कुमारले सामाजिक संजाल इन्स्टाग्राम मार्फत सार्बजनिक गरेका हुन् । चलचित्र ‘2 .0’ ४०० देखि ५०० करोडको भीएफएक्स लागतमा बनेको भारतको सबैभन्दा महँगो चलचित्र हो ।