काठमाडौँ, २८ भदौ। गत साउन १० गते बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको आमा बुबा छोरीको हत्यारालाई पत्ता लगाई छोरीलाई न्याय दिलाउन काठमाडौँ आइपुगेका छन् ।

बिहिबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजना गरिएको साक्षात्कारमा पन्तका आमाबाबुले आफ्नो छोरीको हत्या गर्ने वास्तविक हत्यारालाई चाडो भन्दा चाडो पक्राउ गरि कारवाहीको दयारामा ल्याउन माग गरेका छन् ।

निर्मलाका बुबा यज्ञराज पन्तले भक्कनिदै भने प्रहरी मेरो साथी भनेर नारा लगाइन्छ तर दुःख पर्दा प्रहरीबाट असहयोग हुन्छ । प्रहरीबाटै घटनाको गहिरो अनुसन्धान नगरी ढाकछोप गर्न खोजेको गुनासो समेत पोखे ।

साथै प्रम ओलीले बम दिदि बहिनिको पक्षमा नै बोलेर झन् उनीहरुलाई बलियो बनाएको भनेर भक्कानिदै रोए । निर्मलाकी आमा दुर्गादेवी पन्तले हत्या भएको ५०औँ दिन पुग्दा पनि दोषी पत्ता नलागेपछि न्यायको खोजीमा काठमाडौँ आएको बताउनुभयो । “जसरी पनि हामीलाई न्याय चाहिएको छ, कञ्चनपुरमा न्याय नपाएर हामी यहाँ आएका हौँ,” उहाँले भन्नुभयो ।

निर्मला गत साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न जानेर भनेर हिडेकी उनि त्यसपछि घर फर्किएनन । उनको शव भोलि पल्ट उखुबारीमा फेला परेको थियो । तर त्यो भन्दा अगाडी साउन १० गते नै निर्मलाकी आमा दुर्गादेवीले खोज तलास गरेकी थिइन् । बम दिदीबहिनी रोशनी र बबितासंग सोधपुछ गर्दा पोइला गइ होला भन्ने खालको अभिव्यक्तिले उनिहरु शंकाको घेरामा तानिए। प्रहरीलाई खबर गर्दा पनि वेवास्ता गरेको गुनासो गरे ।