मोरङ, २८ भदौ । ३३ किलो सुन तस्कारी र सनम शाक्यको हत्या प्रकरणमा तानिएका तत्कालिन डीएसपी सञ्जयबहादुर राउतलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।

राउतले त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा तस्करीको सुन फुत्काए बापत चुडामणि उप्रेती ‘गोरे’बाट १२ लाख रुपैयाँ लिएको अनुसन्धानले भेटिएको छ । राउतले भने अदालतमा इन्कारी बयान दिएका थिए ।

उच्च अदालतका न्यायाधीशद्धय थीरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलासले बिहीबार राउतलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गरेको हो ।