एजेन्सी। विश्व बजारमा अहिले स्मार्टफोनको होटबाजी नै चलेको छ। आइफोन,सामसुङले प्रतिष्पर्धात्मक रुपमा नया नया स्मार्टफोन बजारमा ल्याउने क्रम बढ्दो छ । त्यस्तै अर्का चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईले माेबाइल फाेनमा नयाँ प्रविधि ल्याउने भएकाे छ । जुन स्मार्टफोन बोक्न सजिलो हुने गरि फोल्ड गरेर (पट्याएर) गाेजीमा राख्न मिल्ने नयाँ स्मार्ट फोन ल्याउने तयारीमा रहेकाे छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकारी रिचार्ड युले बताएअनुसार याे फाेन बजारमा अाउन करिन १ वर्ष लाग्नेछ । हाल उक्त पट्याउन मिल्ने फोनकाे निर्माण प्रक्रियामा काम भइरहेको उनले जानकारी दिएका छन् ।