वीरगञ्ज,२९ भदौ । वीरगञ्जका प्रमुख (मेयर) विजय कुमार सरावगीले संघीय समाजवादी फोरम पार्टीबाट राजीनामा दिएका छन् । महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै मेयरले राजिनामा दिएका हुन् ।

मेयर सरावगीले सामाजिक संजाल ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ । तर पार्टीका नेताहरु भने एक बर्ष बिती सक्दा पनि तदारुपताका साथ प्रभावकारी काम गर्न नसकेको बताउँछन् ।

बुधबार बसेको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दासरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको छ ।