विवाह अघिको शरीरिक सम्बन्ध अझै पनि कुनै कुनै देशमा मान्य हुदैन। तर, कम्बोडियामा भने ठिक उल्टो परम्परा छ । जहाँ विवाह गर्नु पुर्व नै परिवारले नै छोरीलाई पुरुषसंगका यौन सम्बन्ध राख्न लगाउछन ।

छोरीहरुको सजिलोका लागि बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । यसमध्येको एउटा परम्परा कम्बोडियामा छ, जहाँ युवतीहरुलाई धेरैजना पुरुषसँग यौन सम्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने छान्ने स्वतन्त्रता छ ।

क्रिउन आदिवासी समुदायका चेलीहरु विवाह पूर्वनै आफुले चाहेका एकभन्दा धेरै युवकहरुसँग यौन सम्पर्क गर्न स्वतन्त्र हुन्छन् । उक्त लभ हट अर्थात् प्रेम झुपडीमा अविवाहित छोरीहरु आफूले चाहेको युवकसँग रात बिताउन तथा सहवास गर्न समेत पाउँछन् ।र आफ्नो लागि उपयुक्त जिवनसाथी छनोट गर्दछन् । एजेन्सीको सहयोगमा