पाल्पा । तानसेनको युनाइटेड मिशन अस्पताल कुचिकार अस्पताल नजिकै फोहोर फाल्ने स्थानमा मृत भेटिएका छन्। तानसेन नगरपालिका मिशनटोल घर भएका ३९ वर्षीय सुनिल क्षेत्रीको शव अस्पतालको नजिकै खल्लुकधारामा अस्थिपञ्जरमात्र बाँकी रहेको अवस्थामा शव फेला परेको हो।

सुनिल गत भाद्र १० गते रात्रिकालिन ड्युटी सकेर घर गएका थिए। पुन ११ गते काममा नफर्किएपछि उनको खोजी कार्य अगाडी बढाइएको मिशन अस्पतालका ड्युटी इन्चार्ज गणेश घिमिरेले बताए।

प्रहरीका अनुसार मिशन रोडबाट तल लडेर उनको मृत्यु भएको प्रारम्भीक अनुमान गर्न सकिने बताए। घटनाको थप अनुसन्धान भैरहेको छ।