पृथ्वी भन्दा तल के छ, कसैलाई थाहा छैन । वैज्ञानिकहरुले पृथ्वीको तह छुट्टाएका छन् र त्यही अनुसार नै हामीले पढ्ने गर्छौं । पृथ्वीको तल खनिज छ भनेर पनि वैज्ञानिकहरुले भनेका छन् । तर पृथ्वीको तल भने कोही पनि जान सकेको छैन, त्यो प्रामाणित गर्न यथेस्ट प्रमाण भेटिएका छैनन् ।

सन् १९७० तिर विश्वका ठूला मुलुकबीच पृथ्वी र अन्तरिक्षबारे पत्ता लगाउने ठूलो प्रतिस्पर्धा चल्यो । त्यही प्रतिस्पर्धामा रुसले एउटा ठूलो खाडल बनायो । जसको नाम कोला सुपर डिप होल राखिएको थियो ।

यो खाडल १२ किलोमिटर गहिरो थियो । खाडल बनेपछि वैज्ञानिकहरु जमिनको रहस्य जान्न तिर लागे । त्यहाँ पाइएका कुरालाई वैज्ञानिकहरुलाई अचम्भित बनायो ।

खाडलको केही भित्र पुग्दा पानीको सतह भेटियो भने, सबैभन्दा तल आगो भेटियो । वैज्ञानिकहरुका अनुसार खाडलको तापक्रम १८० डिग्री थियो । १०० डिग्री तातोमा पानी उम्लिन्छ । यस हिसाबले त्यो खाडल निकै तातो र खतरापूर्ण थियो । त्यसैले सन् १९९४ मा त्यो खाडललाई बन्द गरिएको थियो ।

वैज्ञानिकहरुले त्यस खाडल सम्बन्धि अध्ययन प्रतिवेदन सार्वजनिक गरेपछि वैज्ञानिकहरुले सबैकुरा सार्वजनिक नगरेर खाडल सम्बन्धि केही कुरा गोप्य राखेको भनेर समाचार समेत आएका थिए।

केही मानिसहरुका अनुसार खाडल भित्रबाट मानिसहरु चिच्याएको आवाज आउंथ्यो । जसले गर्दा वैज्ञानिकहरु समेत डराएका थिए र उनीहरुले त्यस सम्बन्धि अध्ययन पनि अगाडी बढाउन चाहेनन् । केही मानिसहरुले खाडलबाट आउने आवाजलाई नर्कको आवाज भनेका थिए। उनीहरुले त्यो खाडललाई नर्कको ढोका भनेर नाम समेत दिएका थिए।