काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अरिङ्गाल पछि माहुरीको प्रशंग निकालेका छन् ।

शनिबार सहाना प्रधानको चौथो स्मृतिसभालाई सम्बोधन गर्ने क्रममा ओलीले अरिङ्गालको प्रसंग निकाल्दा माहोल नै हासोले गुन्जिएको थियो ।

ओलीले भने मलाई फेरि अरिङ्गाल भन्यो भन्लान्, आज चाँहि माहुरी भन्छु। अब कर्मी महुरीले झैं हामी एकजुटताका साथ मह जम्मा गर्नु पर्छ। मौरीको मह अरुले खोसेर खाइदिन्छन । हामी हामीले आर्जन गरेको मह बाडेर खान्छौ । त्यसैले अब देशमा बाडने गरि विकास गर्ने कामा लाग्नु पर्छ । साथै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई कुखुराको चल्ला संज्ञा दिए । अनुमान र हल्लाका पछि नहिड्न देश बनाउन का निम्ति अघि बढ्न सल्लाह समेत दिए ।