यो संसारको एक मात्र स्थान हो । जो व्यक्ति जन्मिन्छ उसले कुनै न कुनै दिन मृत्युलाई वरण गरेको नै हुन्छ । जन्मेपछि मृत्यु हुनु प्रकृतिको नियम पनि हो । जन्मिएपछि सबैले मर्नै पर्छ । तर एउटा यस्तो ठाउँ छ जहाँ अहिलेको यस समयमा पनि कोही मानिसहरु मर्नु पर्दैन् । सुन्दा आश्चर्य लाग्न सक्छ ।अहिलेको यस कलियुगमा आएर पनि नमर्ने मानिस को होला र रु तर यो कुरा वास्तविक पनि हो जहाँ अहिले पनि कोही मानिसहरुको मृत्यु हुँदैन् ।

लगभग २४ सय किलोमिटर लम्वाइमा फैलिएको यस क्षेत्र हिमालयमा रहेको छ । वेद, पुराण, इतिहास र केही उपन्यासहरुमा यसको बयान बिस्तृत रुपमा गरिएको पाइन्छ । यस हिमालय भित्र एउटा यस्तो शहर छ, जहाँ बस्ने मानिसहरुले कहिल्यै मृत्युसँग डराउनु पर्दैन् । यस हिमालयको काखमा रहने मानिस सधैँ अमर रहन्छन् । हिमालय भित्रको शहरमा बस्ने मानिसहरुको उमेर कहिल्यै बढ्दैन । उनीहरु जहिल्यै एउटै उमेरमा हुन्छन् ।

मान्यता अनुसार यस शहरबाट अन्य स्थानहरुमा बेलाबेला त्यहाँका मानिसहरु आउने गर्छन् । जब उनीहरु हामी रहेको स्थानमा आउछन्, तब हाम्रा बस्तिहरुमा उथलपुथल मच्चिने गर्छ । उनीहरु आएपछि परिवर्तन धेरै हुने गर्छ भन्ने बिश्वास जनमानसमा रहेको छ । कलियुगमा अवतरित हुने भगवान् कल्की देवका गुरु यस शहरमै बसेर आफ्नो शिष्यलाई पर्खिरहेका छन् भन्ने पनि जनविश्वास रहेको छ ।

प्रत्येक पौराणिक कथाहरुमा यस शहरलाई विभिन्न नामहरुले उल्लेख गरिएको छ । जस्तै सांग्रिला, सिद्धाश्रम नामले यस शहरलाई पुराणहरुमा व्याख्या गरेको पाइन्छ । जनविश्वासमा यो पनि रहेको छ कि द्धवापर युगमा पाण्डु पुत्र सत्यवादी राजा युधिष्ठर आफ्नो परिवारसहित आफ्नो अन्तिम समयमा यहि स्थानमा गएका थिए । अचम्म त यस कुराले बनाउँछ, यस ठाउँलाई सजिलै भेटाउन सकिदैन् ।

म्यापिङ टेक तथा नेविगेशनको मद्दतले पनि आज सम्म यस स्थान पत्ता लगाउन सकिएको छैन् । मानिसहरुले यस ठाउँमा प्रवेश गर्न आज सम्म सकेका छैनन् तर सिद्धाश्रमका मानिसहरुले यो संसारमा पसेर हस्तक्षेप गरेका छन् । जसका कारण मानव जीवनमा केही परिवर्तन देखा परेका छन् ।